काठमाडौँ । मनसुनको प्रभाव देशभर कायमै रहँदा आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने अधिकांश प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी तथा लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
रातिको समयमा पनि वर्षाको प्रभाव कायमै रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा धेरै स्थानमा वर्षा हुनसक्नेछ भने अन्य प्रदेशका केही भूभागमा पनि पानी पर्ने अनुमान छ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सम्भावित जोखिम भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्