|
२०८३ भाद्र १९
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम विभागका अनुसार केही क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
कोसी, वाग्मती र गण्डकीका हिमाली भूभाग तथा वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने हिमाली क्षेत्रमा हिमपात र पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।
राति पनि कोसी, वाग्मती र गण्डकीका हिमाली क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका केही भूभागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्