मनसुन सक्रिय, विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २०

काठमाडौँ : मनसुनी वायु सक्रिय रहेकाले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

रातिको समयमा पनि वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ। सम्भावित भारी वर्षाका कारण पहिरो, डुबान र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *