मनसुन सक्रिय, देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २७

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि धेरै स्थानमा बदलीसँगै वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।

हाल हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली छ भने केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *