जेनजी आन्दोलनको समयमा केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ९

काठमाडौँ । सिरहा प्रहरीले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौँबाट फरार एक कैदीलाई पक्राउ गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीको संयुक्त टोलीले कर्जन्हा नगरपालिका ७ मरेरवा बस्ने ३८ वर्षीय अंजनी कुशवाहालाई पक्राउ गरेको हो ।

कुशवाहा भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थिए । उनलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका कुशवाहालाई सम्बन्धित कारागारमा बुझाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *