|
२०८२ कार्तिक २५
काठमाण्डौँ । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका सुन तस्करका आरोपित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–४ का ५१ वर्षीय हर्कराज राई छन् ।
उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनी ब्रेक प्यान्डमार्फत तस्करी गरेर ल्याइएको ६० किलो सुन प्रकरणमा जोडिएका थिए ।
उनी पुर्पक्षका रूपमा कारागार चलान भएका थिए । पक्राउ परेका राईलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्