लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ २५

काठमाडौ : मिति २०७८/१०/२४ गते दिउँसो ४ बजेको समयमा काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपन आकासेधारा स्थित लागुऔषध बिक्रिबितरण हुने गरेको भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट प्र.स.नि.दिपक रावतको कमाण्डमा खटीएको प्रहरी टोलीले पासाङ छिरिङ शेर्पालाई सडकखण्डमा संकास्पद अवश्थामा फेला पारी निजको शरीर खानतलासी गरी निजलाई साथमा कोठामा लगी खानतलासी गर्दा निज बस्ने कोठा भित्र ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ६ ग्राम (छ ग्राम) फेला पारी सो लागुऔषध सम्बन्धमा सोधपुछ गर्दा निजको चिनजानको साथि खगेस खत्रीले राख्न दिएको भनि खुलाई बताई दिएकोमा निज खगेस खत्रीलाई खोजतलास गर्दा ऐ.मितिको ७ बजेको समयमा का.जि.का.म.न.पा. ०६ गोपिकृष्णहल नजिकै फेला पारी निजलाई सोही स्थान बाट पक्राउ गरी थप अनुसन्धानको लागी यस कार्यालय ल्याईएकोमा थप अनुसन्धानको क्रममा निज पक्राउ परी आएका खगेस खत्रीलाई सोधपुछ गर्दा सो ब्राउन सुगर का.जि.तार्केश्वर न.पा. वडा नं.११ हिलेटोल स्थित कोठा भाडामा लिई बस्ने तेन्जिङ शेर्पा नाम बताउने चिनजानको साथिबाट खरीद गर्ने गरेको बताएका थिए । यस कार्यालयबाट प्रहरी निरिक्षक को कमाण्डमा प्रहरी टोली खटीई निजलाई साथमा लगी हिलेटोल स्थित तेन्जिङ शेर्पाको कोठामा गई हेर्दा ऐ.मितिको ८ बजेको समयमा निज तेन्जिङ शेर्पालाई कोठामा बसिरहेको फेला पारी निजको शरीर तथा कोठा खानतलासी गर्दा कोठा भित्र लुकाई छिपाई राखेको नियन्त्रित लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १६.८ ग्राम फेला पारी निज तेन्जिङ शेर्पालाई पक्राउ गरी थप अनुसन्धानको लागी यस कार्यालयमा राखिएको छ । अन्य अनुसन्धान कार्य जारी भैरहेको छ ।

पक्राउ पर्ने मानिसहरु काठमाडौ जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.१० कपन आकासेधारा बस्ने बर्ष २२ को पासाङ छिरिङ शेर्पा , कन्चनपुर भिमदत्त न.पा. महेन्द्रनगर स्थाई घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा. वडा नं. १० कपन आकासेधारा बस्ने बर्ष २३ को खगेस खत्रि र .भोजपुर साबिक आर्खे गा.बि.स. वडा नं.०५ स्थाई घर भई हाल का.जि.तार्केश्वर न.पा. वडा नं.११ बस्ने बर्ष २४ को मितेन शेर्पा भन्ने तेन्जिङ शेर्पा रहेक छन् ।
बरामदी सामानहरुः ब्राउन सुगर १६.८ ग्राम, र ६ ग्राम जम्माः- २२.८ ग्राम डिजिटल तराजु २ थान र मोबाईल ६ थान रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *