झापाको कदमगाछीबाट ब्राउन सुगर सहित २ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २४

झापा । झापा गौरिगंज गाऊपालिका ४ कदमगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जना महिलालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ बर्षीया मञ्‍जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् ।

हिजो राती ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा लगी थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *