कर्णाली । आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलस्थल निर्धारण गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताका ३२ खेल कर्णाली प्रदेशका विभिन्न जिल्लासहित बाँके र बर्दियामा सञ्चालन हुनेछन् ।
सबैभन्दा धेरै २२ खेल सुर्खेतमा हुनेछन् । सल्यानमा दुई तथा बाँके र बर्दियामा दुई–दुई खेल आयोजना गरिनेछ । त्यस्तै, जुम्ला, कालीकोट, दैलेख र पश्चिम रुकुममा एक–एक खेल सञ्चालन हुनेछन् ।
खेलस्थल तालिकाअनुसार एथ्लेटिक्स, क्रिकेट, भलिबल, बास्केटबललगायत अधिकांश खेल सुर्खेतमा हुनेछन् । फुटबलको सेमिफाइनल र फाइनल जुम्लामा तथा पौडी र सुटिङ नेपालगञ्जमा आयोजना गरिनेछ ।
प्रतियोगितामा करिब ६ हजार खेलाडी र ३ हजार पदाधिकारी सहभागी हुने अपेक्षा गरिएको छ । केही खेल मंसिर ८ गतेदेखि सुरु भए पनि औपचारिक उद्घाटन मंसिर १६ गते हुनेछ ।
आयोजकका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्