देउवा पक्षबाट सूर्यबहादुर राईले पाए सोलुखुम्बु कांग्रेसको नेतृत्व

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ५, २०८३

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला सभापतिमा सूर्यबहादुर राई निर्वाचित भएका छन्। पार्टीको १५औँ नियमित जिल्ला अधिवेशनबाट राईले जिल्ला नेतृत्वको जिम्मेवारी पाएका हुन्।

मंसिर ४ गते सम्पन्न अधिवेशनले राईको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। महाकुलुङ गाउँपालिकाका अध्यक्षसमेत रहेका राई देउवा पक्षबाट सभापतिमा निर्वाचित भएका हुन्।

अधिवेशनबाट प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा वेदनाथ बास्तोला र ‘ख’ को सभापतिमा एडी शेर्पा चयन भएका छन्। त्यसैगरी, केन्द्रीय महाधिवेशनका लागि पारस बस्नेतसहित ३५ जना प्रतिनिधि निर्वाचित भएका छन्।

निर्वाचित प्रतिनिधिहरूले मंसिर २० देखि २३ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको केन्द्रीय महाधिवेशनमा सोलुखुम्बुको प्रतिनिधित्व गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *