|
मंसिर ६, २०८३
काठमाडौँ । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार क्रिकेट प्रतियोगितामा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह ‘बी’ मा रहेको नेपालको यो दोस्रो खेल हो । खेल नेपाली समयअनुसार बिहान ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो । ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै अलआउट भएको थियो ।
पहिलो खेलमा निराशाजनक प्रदर्शन गरेको नेपाल आज यूएईलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
यसै समूहमा रहेका भारत ‘ए’ र पाकिस्तान ‘ए’ बीचको खेल पनि आजै दिउँसो ३ बजेर ४५ मिनेटमा हुनेछ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्