|
कार्तिक ३०, २०८३
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न मंसिर ४ गते राष्ट्रिय मान्यता प्राप्त ६ राजनीतिक दललाई बोलाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बैठक बिहान ११ः३० बजे हुनेछ। छलफलमा कांग्रेस, एमाले, नेकपा, रास्वपा, श्रम संस्कृति पार्टी र राप्रपा सहभागी हुनेछन्।
स्थानीय तहको कार्यकाल सकिनुअघि नै निर्वाचन गराउने तयारीमा आयोग जुटेको छ। निर्वाचनको मिति भने सरकारले तय गर्नेछ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्