आजको मौसम कस्तो छ ?

DaksuMedia दाक्सु मिडिया
|
मंसिर ५, २०८३

काठमाडौं । देशभर हाल उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले अधिकांश क्षेत्रमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहान कोशी र मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो हिमाली क्षेत्रसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने अनुमान छ। कोशीको तराई र मधेस प्रदेशमा पनि बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *