|
मंसिर ६, २०८३
काठमाडौँ । पश्चिमी वायु र न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आज देशका केही स्थानमा मौसम बदली हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
दिउँसो कोशीको तराई र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दाक्सु मिडिया


तपाईको प्रतिक्रिया दिनुहोस्