काठमाण्डौँ । भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज शीर्ष ४ मा रहेर प्लेअफका लागि छनोटको सम्भावना कायमै राख्ने दबाबमा रहेको चेन्नई सुपर किंग्सको खेल रहेको छ ।
चेन्नईले लिग चरणको अन्तिम खेलमा गुजरात टाइटन्ससँग अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रंगशालामा बेलुका ७ः४५ बजे पछि खेल्नेछ । प्लेअफका लागि छनोट भइसकेको गुजरात यस खेल जितेर शीर्ष २ मा रहने आफ्नो सम्भावना बलियो बनाउन चाहन्छ ।
गुजरात अहिले १३ खेलमा १६ अंकका साथ दोस्रो स्थानमा छ । यस खेलमा गुजरात पराजित भएमा बेंगलुरु भने शीर्ष २ मा रहदै पहिलो क्वालिफयरको लागि छनोट हुनेछ । पराजित भए पनि गुजरातको पनि शीर्ष २ मा पर्ने सम्भावना कायमै रहनेछ ।
चेन्नईलाई भने शीर्ष ४ मा रहर खेल जित्नै पर्ने दबाब रहेको छ । यस खेलमा चेन्नई पराजित भएमा यस संस्करणबाट बाहिरिने चेन्नई तेस्रो टोली बन्नेछ । यसअघि नै मुम्बई र लखनउ प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
यसै संस्करणको पहिलो भेटमा गुजरातले चेन्नईलाई चेपकमा गएर पराजित गरेको थियो ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्