|
२०८३ बैशाख ३०
काठमाण्डौँ । भारतमा भइरहेको १९औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सविरुद्धको आज हुने खेलमा जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु अंक तालिकाको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ ।
बेंगलुरुको दोस्रो घरेलु मैदान रायपुरमा २ टोलीबीचको खेल बेलुका ७ः४५ मा सुरु हुदैछ । बेंगलुरु ११ खेलमा १४ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । गुजरात जायन्ट्सले मंगलबार राती सनराइजर्स हैदराबादलाई पराजित गरेसँगै डिफेन्डिङ च्याम्पियन बेंगलुरु दोस्रो स्थानमा झरेको थियो ।
उता, प्लेअफको सम्भावना कायमै राख्न कोलकातालाई जितको विकल्प छैन । कोलकाता १० खेलमा ९ अंकका साथ तालिकाको आठौं स्थानमा छ । सुरुआती ६ खेलमा जितबिहिन कोलकाता पछिल्लो ४ खेलमा अपराजित छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्