नेपाल–वेस्ट इन्डिज भिडन्त : आज ‘गर या मर’ खेल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३

काठमाडौं, फागुन ३ – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल आज वेस्ट इन्डिजसँग भिड्दैछ। खेल मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान ११:१५ बजे सुरु हुनेछ।

लगातार दुई खेलमा हार व्यहोरेको नेपालका लागि आजको खेल जीत्नै पर्ने दबाब रहेको छ। अघिल्लो खेलमा इटालीसँगको अप्रत्याशित हारले सुपर–८ मा पुग्ने सम्भावना कमजोर बनाएको छ।

वेस्ट इन्डिज बलियो ब्याटिङ र अनुभवी बलिङ संयोजनका कारण चुनौतीपूर्ण प्रतिद्वन्द्वी हो। नेपाली टोलीले अनुशासित बलिङ, चुस्त फिल्डिङ र संयमित ब्याटिङ प्रदर्शन गर्न आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *