|
२०८२ आश्विन १२
शारजाहमा भएको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले चारपटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाउँदै १४८ रन बनायो। जवाफमा वेस्ट इन्डिज ९ विकेट गुमाएर १२९ रनमै सीमित भयो। यो जीतसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ।
नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्दै पहिलो जित दर्ता गरेको हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्