|
२०८२ जेष्ठ १
काठमाण्डौं। कप्तान इन्दु बर्माले आक्रामक ब्याटिङ गर्दै म्याच विनिङ पारी खेलेपछि नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बहराइनसँग हार टारेको छ ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएपछि वर्षाका कारण खेल रोकिएर पुन: सुरु हुँदा नेपालले ७ ओभरमा ५६ रनको परिमार्जित लक्ष्य पाएको थियो ।
बहराइनले दुवै खेलमा नेपाललाई चुनौती पेश गरेपनि नेपालले जित निकाल्न सफल भयो । अब समूहको अन्तिम खेलमा हङकङ र बहराइन शुक्रबार खेल्ने छन् ।
उक्त खेलमा हङकङ विजयी भएमा वा वर्षाले खेल नभएमा नेट रनरेटका आधारमा हङकङ सुपर ३ मा पुग्दा नेपाल भने बाहिरिनेछ । नेपाल अघि बढ्न बहराइनले हङकङलाई हराउनु पर्नेछ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्