|
२०८२ माघ २६
काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज तीन महत्वपूर्ण खेलहरू हुँदैछन्। आजका खेलमध्ये दुई भारतमा र एक श्रीलंकामा आयोजना हुँदैछ।
नेपाल रहेको समूहको प्रतिस्पर्धामा आज स्कटल्याण्ड र इटाली एकअर्काविरुद्ध उत्रँदैछन्। यी दुई टोलीबीचको खेल भारतको कोलकातास्थित ऐतिहासिक इडेन गार्डेन मैदानमा बिहान ११:१५ बजे सुरु हुनेछ।
स्कटल्याण्डले यसअघि खेलेको पहिलो खेलमा वेस्ट इण्डिजसँग हार बेहोरेको थियो भने इटालीका लागि यो विश्वकपको पहिलो खेल हो।
आजको दोस्रो खेलमा जिम्बावे र ओमानबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘बी’ अन्तर्गतका यी दुई टोलीबीचको खेल दिउँसो ३:१५ बजे श्रीलंकाको कोलम्बोस्थित एसएससी ग्राउन्डमा हुनेछ। दुवै टोली आज पहिलो खेल खेल्न लागेका हुन्।
त्यस्तै, समूह ‘डी’ अन्तर्गत दक्षिण अफ्रिका र क्यानडाबीच आज बेलुकी ६:४५ बजे खेल हुनेछ। खेल भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा आयोजना हुँदैछ। यी दुवै टोलीले पनि विश्वकप अभियानको सुरुआत आजैबाट गर्दैछन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्