|
२०८२ माघ २४
मुम्बई । आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। उद्घाटन दिनमै तीन खेल खेलिँदैछन्, जसले विश्वकपको माहोल तातिने संकेत गरेको छ।
पहिलो खेलमा समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्स कोलम्बोमा बिहान ११:१५ बजे आमनेसामने हुनेछन्। दोस्रो खेलमा समूह ‘सी’ का स्कटल्यान्ड र वेस्ट इन्डिज कोलकातामा दिउँसो ३:१५ बजे भिड्नेछन्।
दिनको सबैभन्दा प्रतीक्षित खेल भने आयोजक भारत र अमेरिकाबीच साँझ ७:१५ बजे मुम्बईको वानखेड़े स्टेडियममा हुनेछ। यसअघि भव्य उद्घाटन समारोह आयोजना गरिनेछ, जहाँ बादशाह, नोरा फतेहीलगायत चर्चित भारतीय कलाकारले प्रस्तुति दिनेछन्।
नेपालले भने आफ्नो पहिलो खेल आइतबार इंग्ल्यान्डविरुद्ध खेल्नेछ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्