छैटौं टाइगर कप महिला भलिबल प्रतियोगितामा न्यु डायमन्डको अपराजित यात्रा कायमै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ११

काठमाण्डौँ । न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप महिला भलिबल प्रतियोगितामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ।

प्रतियोगिताअन्तर्गत सम्पन्न खेलमा न्यु डायमन्डले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। न्यु डायमन्डको लगातार दोस्रो जित हो ।

यसअघि न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० कै सेटम पराजित गरेको थियो । जितसँगै न्यु डायमन्डले ६ अंक पुर्‍याएको छ ।

एपीएफको भने यो पहिलो हार हो । यसअघि एपीएफले थाइल्यान्ड क्विन्सलाई ३–२ सेटले पराजित गरेको थियो । दोस्रो खेलमा न्यु डायमन्डले एपीएफमाथि २५–१७, २५–२१ र २५–२३ को सेटमा जित निकाल्दै प्रभावशाली प्रदर्शन गरेको थियो । सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको न्यु डायमन्डले खेलको नियन्त्रण आफ्नो पक्षमा राख्दै सहज जित दर्ता गरायो ।

न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट प्रदर्शन गर्दै ‘टाइगर अफ दी म्याच’ घोषित भइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *