|
२०८२ माघ ९
काठमाण्डौँ । विभागीय टोली एपीएफले टाइगर कप भलिबलको पहिलो खेलमा पुरुषतर्फ रोमाञ्चक जित हात पारेको छ।
पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा एपीएफले घरेलु टोली गण्डकी भलिबल संघलाई ३–१ को सेटमा पाखा लगाएको हो। योसँगै टोलीले ३ अंक जोडेको छ।
रोमाञ्चक बनेको खेलको पहिलो र दोस्रो सेट एपीएफले २६–२४ र २७–२५ ले आफ्नो पक्षमा पार्यो ।
तर, तेस्रो सेटमा गण्डकीले सानदार पुनरागमन गर्दै खेल २५–२१ ले आफ्नो पक्षमा पार्यो। योसँगै खेल अर्को सेटमा लम्बिन पुग्यो ।
तर, चौथो सेटमा एपीएफले २५–२१ ले जित निकाल्दै खेल आफ्नो पक्षम पार्यो ।
खेलभरि उत्कृष्ट प्रदर्शन गरेका एीएफका सुप्रेन्द्र परियार ‘टाइगर अफ दी म्याच’ घोषित भएका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्