भारतका हर्षल पाठक नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १

काठमाण्डौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले अर्को महिनादेखि घरेलु मैदानमा शुरु हुने आइसीसी टी–२० ग्लोबल छनोटका लागि नियुक्त गरेको आज जानकारी दिएको छ । पाठक यसअघि थाइल्यान्डको महिला टोलीको मुख्य प्रशिक्षको रूपमा कार्यरत थिए ।

नेपाली महिला टोलीले अहिले टी–२० ग्लोबल छनोटका लागि प्रशिक्षण गरिरहेको छ । छनोट खेलमा नेपाल र थाइल्यान्डसँगै समूह ‘बी’मा नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाबे छन् । अर्को समूहमा भने बङ्गलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका रहेका छन् ।

हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *