काठमाडौँ – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज महत्वपूर्ण चरणमा प्रवेश गर्दैछ । प्रतियोगिताको पहिलो क्वालिफायर खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे सुरु हुनेछ, जहाँ सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुनेछन् ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको थियो । सात खेलमध्ये छ जित निकाल्दै उसले उत्कृष्ट लय कायम राखेको छ । विराटनगर किङ्स भने पाँच खेल जित्दै दोस्रो स्थानमा उक्लिन सफल भयो ।
लिग चरणमा सुदूरपश्चिमले भोगेको एकमात्र हार विराटनगरविरुद्धमै थियो, जसले आजको खेललाई झनै रोचक बनाएको छ । विराटनगर भने चितवन र लुम्बिनीविरुद्ध पराजित भएको थियो ।
आजको खेल जित्ने टोली प्रत्यक्ष फाइनलमा प्रवेश गर्नेछ । पराजित टोलीलाई भने इलिमिनेटर खेल्दै फाइनलमा पुग्ने अर्को मौका रहनेछ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्