|
२०८२ मंसिर ५
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स बीच कीर्तिपुरस्थित त्रिवि मैदानमा साँझ ४ बजे खेल हुँदैछ।
जारी लिगअन्तर्गत दुवै टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा पोखरा विराटनगरसँग ५३ रनले पराजित भएको थियो भने सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई २९ रनले हराएको थियो।
सुदूरपश्चिमको कप्तानी दीपेन्द्र सिंह ऐरी र पोखराको कप्तानी कुशल भुर्तेलले गरेका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्