चितवन राइनोजले जनकपुरलाई १७७ रनको लक्ष्य दिएको छ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १६

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा चितवन राइनोजले साबिक विजेता जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनायो।

ओपनर डेविड मलानले ८० र अर्जुन साउँदले ५२ रन बनाए। दुबैले मिलेर ११२ रनको साझेदारी गरे, जसले चितवनलाई मजबूत स्थिति दिएको थियो। जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले एक–एक विकेट लिए।

जनकपुर लगातार चार खेल हारिसकेको छ र तल्लो स्थानमा रहेको छ। यस खेल जितेमा मात्र प्लेअफको दौडमा रहन सक्ने जनकपुरको प्रयास रह्यो। चितवनका लागि पनि जीत अत्यावश्यक छ, जसले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाउँछ।

आज अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *