आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाले स्कटल्याण्डलाई १५४ रनको लक्ष्य दिएको छ।

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन ३

सीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाले स्कटल्याण्डलाई १५४ रनको लक्ष्य दिएको छ।  त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९ ओभर २ बलमा अलआउट भएर १५३ रन बनाएको हो।  

नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनमा आउट हुँदा बेर्नाड स्कोल्टेजले ३० रन बनाए। जान ग्रिनले २५ रन बनाउँदा प्रिन्कि फ्रान्सले ११ रन बनाए।  

कप्तान ग्रेहार्ड इरास्मस र जान निकोल शुन्य रनमा आउट भए। नेपालविरुद्ध मंगलबार भएको खेलमा शतक प्रहार गरेका माईकल भान लिङ्गेनले १४ बलमा ४ रन मात्र बनाए।

यता स्कटल्याण्डका लागि मिचेल लेक्सले सार्वधिक चार विकेट लिए। त्यस्तै सफियान सरिफ र मार्क वाटले समान तीन–तीन विकेट लिए । आजको खेलमा नामिबिया सहज जित निकाल्दै आफ्नो पहिलो जित दर्ता गर्न चाहन्छ। यता स्टकल्याण्ड आजको खेलमा जित निकालेर सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ।  

नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तराष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ।  लिग २ मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ। यता नामिबिया ३१ खेलमा ३७ अंक सहित तालिकाको तेस्रो स्थानमा छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *