एनपिएलः चितवन र जनकपुर आज आमनेसामने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १६

काठमाडौँ — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने भइरहेका छन्। टस जित्दै चितवनले पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ।

लगातार चार खेलमा हार बेहेरेर तालिकाको पुछारमा पुगेको जनकपुरका लागि आजको खेल ‘जीवन–मरण’ जस्तै भएको छ। यो खेल जिते गणितीय हिसाबले प्लेअफको सम्भावना जोगिनेछ, तर हार भोगेमा प्रतियोगिताबाट बाहिरिनेछ।

उता चार खेलमध्ये दुईमा विजय हात पारेको चितवनले भने आजको खेलमार्फत प्लेअफको सम्भावना थप मजबुत बनाउन लक्ष्य राखेको छ।

यसैगरी, आज अपराह्न ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच दोस्रो खेल हुने तालिका छ। मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा अहिलेसम्म १९ खेल सकिएका छन्। अपराजित सुदूरपश्चिम रोयल्स १० अंक जोडेर प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *