|
२०८२ आश्विन २८
काठमाडौं – नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना विष्ट माल्दिभ्समा आयोजना हुने नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा सहभागी हुने भएकी छन्।
उक्त प्रतियोगिता अक्टोबर १३ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ। कामनाले माल्दिभ्सको नैफारू चेल्सी स्पोर्ट्स क्लब बाट प्रतिस्पर्धा गर्नेछिन्।
नेपालको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा निरन्तर राम्रो प्रदर्शन गर्दै आएकी कामनाको यो सहभागिता नेपाली भलिबलको लागि अर्को गौरवको क्षण बनेको छ।
यसै प्रतियोगितामा अर्की नेपाली राष्ट्रिय खेलाडी उषा भण्डारी पनि फरक क्लबबाट सहभागी हुँदैछिन्।
उषा भण्डारी हालै माल्दिभ्स पुगिसकेकी छन् भने कामना विष्ट मंगलबारसम्म माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्