काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयपछि आज स्वदेश फर्किने भएका छन्।
उपचारका लागि श्रीमती आरजु राणा देउवासहित करिब साढे पाँच महिनाअघि सिंगापुर पुगेका देउवा बिहीबार नेपाल फर्किन लागेका हुन्। उनी आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।
देउवाको स्वागतका लागि कांग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल पुग्ने भएका छन्। पूर्वमहामन्त्री तथा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेताकार्यकर्ता विमानस्थल जाने तयारी गरिएको छ। उनीहरूलाई बिहान साढे ११ बजे विमानस्थलमा उपस्थित हुन भनिएको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि देउवाको स्वागतका लागि विमानस्थल पुग्ने बताइएको छ।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा गम्भीर घाइते भएपछि देउवा उपचारका लागि कात्तिक १० गते राति सिंगापुर गएका थिए। उपचारपछि उनी लामो समय सिंगापुरमै रहेका थिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्