|
२०८२ भाद्र २१
२१ भदौ, काठमाडौं । साविक उपविजेता ललितपुर क्विन्सले वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लगातार दोस्रो जित हात पारेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको भ्याली डर्बी खेलमा ललितपरले काठमाडौं स्पाईकर्सलाई सोझो सेटमा हरायो । लगातार दुई खेल जित्दै ६ अंक जोडेको ललितपुर शीर्ष स्थानमा छ ।
ललितपुरले काठमाडौंलाई २५-१९, २५-२३, २५-२१ ले पराजित गरेको हो ।
ललितपुरले पहिलो खेलमा मधेश युनाइटेडलाई पनि सोझो सेटमा पराजित गरेको थियो ।
आजको दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबिच हुनेछ । आजको तेस्रो तथा अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबीच हुनेछ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्