एभरेस्ट महिला भलिबल लिगको पहिलो खेल कर्णाली यशविस र पोखरा निन्जाजले खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १८

काठमण्डौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लूभी) को उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुने भएको छ । उद्घाटन खेल शुक्रवार दिउँसो दुई बजे खेल शुरू हुनेछ ।

यस्तै शुक्रबार नै साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दिउँसो ४ बजे अर्को खेल हुनेछ । इन्फनिटी ड्रिम्स प्रा। लि। को आयोजनामा हुने एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देशीय कभर्डहलमा हुनेछ ।

जसमा साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाण्डौ स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *