×

विश्वकप छनोट हङकङसँग नेपाल ७ विकेटले पराजित

बैशाख ३०, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ ।

समूह सी मा नेपालको यो पहिलो हार हो भने हङकङको पहिलो जित हो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गथरेको नपालले ३ विकेट गुमाए २९ रन बनाएको हो ।

जितपछि हङकङ ३ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लेको छ भने समान खेलबाट ३ अंकसहित नेपाल दोस्रो स्थानमा छ । यस हारपछि समूह विजेता बनेर सुपर थ्री मा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ ।

अब नेपाल र हङकङ दुवैले बहराइनसँग खेल्न बाँकी छ । नेपालले शीर्ष स्थानमा रहन बहराइनलाई हराउनैपर्नेछ भने हङकङ र बहराइनबीचको खेलको नतिजा पनि आफू अनुकल आउनुपर्नेछ ।

नेपालले अब बिहीबार बहराइनसँग खेल्नेछ भने हङकङ र बहराइनबीचको खेल शुक्रबार हुनेछ ।

छनोटमा ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । ९ टिमलाई ३ समूहमा विभाजन गरेर डबल राउण्ड रोविन प्रणालीमा खेल खेलाइएको छ ।

तीनवटै समूहको शीर्ष स्थानमा रहने टोली सुपर थ्री चरणमा पुग्नेछन् । सुपर थ्रीमा तीन टिमबीच एकआपसमा खेल हुनेछ र शीर्ष दुई टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: