१२ टीमको स्थान सुरक्षित, नेपाल र ओमानले सिँधै एसिया छनोट खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १९

काठमाडौँ : सन् २०२६ को आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटका लागि १२ टीमले स्थान सुरक्षित गरिसकेका छन्। इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसिसी) का अनुसार सन् २०२६ मा हुने आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेट भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने भएकाले यी दुई टीम पहिला नै सुरक्षित छन् भने आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो राउन्डमा सानदार जित हात पारेको र सुपर आठमा स्थान बनाएका टीम रहेका छन्।

जसमा साउथ अफ्रिका, अमेरिका, बङ्गलादेश, इङ्ग्ल्यान्ड, अफगानिस्तान, अस्ट्रेलिया र वेस्ट इन्डिज रहेका छन्। त्यसबाहेक सुपर ८ मा स्थानमा स्थान नबनाए पनि आईसिसी टी–२० वरीयता २०२४ जुन अनुसार ७ औँ स्थानमा रहेको पाकिस्तान, छैटौँ स्थानमा रहेको न्यूजिल्यान्ड र ११ औँ स्थानमा रहेको आयरल्यान्डले पनि सन् २०२६ को आईसिसी टी–२० पुरुष विश्वकपमा स्थान बनाइसकेको छ।

त्यसबाहेकका अन्य ८ टीमले क्षेत्रीय प्रतियोगिताबाट आईसिसी टी–२० पुरुष विश्वकपका लागि आफ्नो स्थान बनाउने छन्। क्षेत्रीय प्रतियोगिताका लागि पनि टीमहरू सुनिश्चित भइसकेका छन्। जसमा अफ्रिकी क्षेत्रबाट युगान्डा, जिम्बावे र नामिबिया रहेका छन्। तर, यी तीनलाई चुनौती दिन नाइजेरिया, तान्जिनिया र केन्या तयारी गरिरहेका छन्।

अमेरिकी क्षेत्रबाट क्यानडा र बर्मुडालाई चुनौती दिन अर्जेन्टिना र पनामा प्रतिस्पर्धामा रहने छन्। नेपाल र ओमानले पहिला नै एशियन क्षेत्रका लागि स्थान बनाइसकेका छन् भने युएई पनि प्रतिस्पर्धामा हुनेछ। त्यसबाहेक उपक्षेत्रीय छनोटमा बहराइन, कुवेत र कतार तीन टोलीको रूपमा खेलमा आफ्नो छाप छोड्न तयारीमा जुटेका छन् भने हङकङ र मलेसिया पनि लाइनमा हुनेछ।

जर्सी र जर्मनीले जुलाईमा समूह ‘बी’ बाट स्थान कब्जा गर्ने सम्भावना रहेको छ भने डेनमार्क, स्पेन र गुर्नसेले अगस्टमा क्वालिफायर ‘सी’ मा स्थान बनाउनका लागि भिड्नेछन्।

युरोपीय क्षेत्रबाट आयारल्यान्डले पहिला नै स्थान बनाइसकेको हुँदा अब क्षेत्रीय प्रतिस्पर्धामा नेदरल्यान्ड्स र स्क्टल्यान्ड प्रतिस्पर्धामा हुनेछ। उप–क्षेत्रीय क्वालिफायर ‘ए’ मा अन्य नौ टोलीलाई हराएर माथि रहेको इटालियन टोलीले यसअघि नै क्षेत्रीय फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

इस्ट एसिया प्यासेफिक क्षेत्रबाट पपुआ न्यूगिनीका लागि जापान ठूलो प्रतिस्पर्धी हुनेछ। केन्डेल काडोवाकी–फ्लेमिङको टोलीले आफ्नो उप–क्षेत्रीय छनोटमा इन्डोनेसिया, फिलिपिन्स र दक्षिण कोरियालाई जित्नुपर्ने हुन्छ। जबकि भानुआटु, अर्को उप–क्षेत्रीय छनोटमा शीर्ष स्थानमा आउने टोलीले समोआ, फिजी र कुकलाई पन्छाउनै पर्ने हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *