साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १८

काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ ।

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपालले आज श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजेबाट सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

श्रीलंका पनि भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । आज नै हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *