माप्यदुधकोशी गाउँपालिकामा अन्तरास्ट्रिय एभरेष्ट भ्यू ट्रेल म्याराथुन प्रतियोगीता हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८० चैत्र ११

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा एभरेष्ट भ्यू ट्रेल म्याराथुन प्रतियोगीता हुने भएको छ । गाउँपालिकाको आयोजनामा यहि चैत्र २९ गते म्याराथुन प्रतियोगिता हुने भएको हो ।
गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको ४७ किलो मिटर एभरेष्ट भ्यू ट्रेल म्याराथुन सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । प्रतियोगीता उमेरगत समुहमा सञ्चालन हुने भएको छ ।
म्याराथुन गाउँपालिका रङगशाला कोर्कुबाट सुरु भएर रक क्लाईबिङ सेन्टर, सिलगुडी, घुम्नेमेरा गुम्बा, कुधम हाइक्याम्प, योतेल्म्य पर्यटन सेन्टर हुँदै दिलुङ खस्कुम, खास्ताप पर्यटन केन्द्र प्लाम्दु देखि गाउँपालिका रङगशाला कोर्कुमा पुगेर समापन हुनेछ ।
यस्तै सहभागी हुन चाहाने धावकले यहि चैत्र १५ गते देखि २५ गतेसम्म नाम दर्ता गनु पर्ने छ नाम दर्ताको लागि नागरिकताको प्रतिलिपि सहित कार्यालय समय भित्र शिक्षा युवा तथा खेलकुद शाखामा सम्पर्क गर्न सकिन्छ ।
प्रतियोगितामा उमेरगत रुपमा १८ बर्ष देखि २९ बर्षका महिला पुरुष, ३० देखि ४९ बर्षका महिला पुरुष र ५० देखि ६५ बर्षका महिला पुरुषले सहभागीता जनाउन सक्ने छन् ।
यसैगरी ः १८ देखि २९ बर्षका उमेर समुहका प्रथम,द्धितिय र तृतिय हुने धावकलाई क्रमशः २० हजार, १५ हजार र १० हजारको साथमा मेडल प्रमाणपत्र प्रदान गरिने छ । ३० देखि ४९ बर्षका उमेर समुहका महिला पुरुष धावकलाई क्रमश २० हजार, १५ हजार, १० हजारको साथमा मेडल प्रमाणपत्र प्रदान गरिने छ । ५० देखि ६५ बर्षका महिला पुरुष धावकलाई क्रमश ः २० हजार, १५ हजार, १० हजारको साथमा मेडल प्रमाणपत्र प्रदान गरिने छ । सबै उमेर समुहका महिला पुरुष धावकलाई क्रमश १ लाख, ७५ हजार र ५० हजारको साथमा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *