×

थुलुङ दुधकोशी गाउँपालिकाको चौथो अध्यक्ष रनिङ शिल्ड फाल्गुन १ देखि ६ सम्म

माघ १७, २०७९ | दाक्सु मिडिया सम्वाददाता

सोलुखुम्बु थुलुङ दुधकोशि गाउँपालिकाको चौथो अध्यक्ष रनिङ शिल्ड महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९ रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता र सांगीतिक सांझ हुने भएको छ ।
युवाहरूमा रहेको खेल प्रतिभा लाई उजागर गर्दै स्थानीय तह, जिल्ला , प्रदेश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पुगोस भन्ने उदेश्यका साथ थुलुङ दुधकोशि गाउँपालिकाले नयाँ संघीय संरचना अनुसार महिला तथा पुरुष वडा स्तरीय भलिबल प्रतियोगिता , महिला तथा पुरुष ब्याडमिन्टन , महिला , पुरुष टेबल टेनिस र स्थानीय तह स्तरीय रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता गाउँपालिकाले आयोजना गरेको छ ।
कार्यक्रमको अन्तिम दिन फाल्गुन ६ गते चर्चित राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: