ट्राभिस हेड भारतविरुद्ध चौथो टेष्ट खेल्न फिट

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १०

काठमाडौँ : अस्ट्रेलियाका ब्याट्सम्यान ट्राभिस हेड भारत विरुद्धको बोर्डर–गावस्कर ट्रफीको चौथो टेष्ट खेल्ने भएका छन्। हेडले २६ डिसेम्बरबाट सुरु हुने चौथो टेष्ट खेलको फिटनेस टेस्ट पास गरेका हुन्। अष्ट्रेलियाको क्रिकेट बोर्डले यो जानकारी दिएको हो।

ट्राभिस हेडले ब्रिसबेन टेस्टका क्रममा आफू क्वाड स्ट्रेन (एक प्रकारको मांसपेशीको समस्या) बाट पीडित भएको बताएका थिए। त्यसयता उनले अर्को खेल नखेल्ने अनुमान गरिएको थियो।

सिरिजको पहिलो खेलमा भारतीय क्रिकेट टोलीले जित हात पारेपनि दोस्रो खेलमा अष्ट्रेलियाले पुनरागमन गर्दै शृंखला १–१ को बराबरी गरेको थियो। ब्रिसबेनमा भएको तेस्रो टेष्ट खेल पनि बराबरीमा सकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *