ममा परिवर्तन आवश्यक छ, सिड्नी टेस्ट जितेर कमब्याक गर्नेछु : रोहित शर्मा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १६

काठमाडौँ : मेलबर्न टेस्टमा अस्ट्रेलियासँग पराजयपछि भारतीय टोलीका कप्तान रोहित शर्माले आफूमा सुधार आवश्यक भएको भनेका छन्।

खेलपछि सोमबार पत्रकार सम्मेलनमा उनले भने, ‘यो हारले मानसिक रूपमा निकै विचलित गरेको छ, मैले खेलमा धेरै प्रयास गरेँ, तर हामीले चाहेको नतिजा आएन। केही नतिजाहरू हाम्रो पक्षमा आएनन्, यो कप्तान र ब्याट्सम्यानका रूपमा निराशाजनक छ। आफू र टिममा धेरै परिवर्तन गर्न जरुरी छ। अस्ट्रेलियासँग गति छ, तर भारतीय टोली सिड्नीमा जित निकालेर पुनरागमन गर्न चाहन्छ।’

बोर्डर गावस्कर ट्रफीको चौथो टेस्टमा भारत १८४ रनले पराजित भएको थियो। अन्तिम दिनको खेल बचाउन भारतले ९२ ओभर ब्याटिङ गर्नुपर्‍यो, तर टिम ७९.१ ओभरमा अलआउट भयो। सिरिजमा अस्ट्रेलिया २–१ ले अगाडि छ, अब अन्तिम टेस्ट जनवरी तीनदेखि सिड्नीमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *