×

पुरुष क्रिकेटलाई झैँ महिला क्रिकेटलाई पनि माया गरिदिनुहोला : कप्तान इन्दु

असार १७, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : नेपाली महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्माले पुरुष क्रिकेटलाई झैँ महिला क्रिकेटलाई पनि माया गरिदिन आग्रह गरेकी छिन्।

उनले नेपाली महिला क्रिकेट टीमले पनि धेरै मिहिनेत र देशको नाम क्रिकेटबाट चिनाउनलाई सक्दो प्रयास गरिरहेको भन्दै पुरुष क्रिकेट झैँ साथ र समर्थन गरिदिन आग्रह गरिन्।

जुन उत्साहका साथ विश्वकप हेर्नुभयो त्यसरी नै वुमन्स एसिया कप हेरिदिन आग्रह गर्दै उनले भनिन्, ‘एकदिन नेपाली महिला क्रिकेट टीमले राम्रो नतिजा ल्याउनेमा विश्वास पनि गर्नुहोला र निराश नभईदिनुहोला।’यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

कप्तान इन्दुले भनिन्, ‘नेपाली महिला क्रिकेट टीमले राम्रो गर्ने प्रयास गरिरहेको छ। जसरी तपाईंहरूले पुरुष विधाका खेलहरूमा पुरुष क्रिकेट टीमलाई माया गरिदिनुभयो र गर्नुहुन्छ हामीलाई पनि त्यसरी नै माया गरिदिनुहोला।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: