|
२०७८ बैशाख ११
काठमाडौं– नेपालले त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि नेदरल्याण्ड्सको सामना गर्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा अपरान्ह एक बजेपछि सुरु हुँदैछ ।
नेपाल लिग चरणको विजेता हुँदै फाइनलसम्मको यात्रा तय गरेको छ । नेदरल्याण्ड्स भने दोस्रो स्थानमा रहेर नेपालसँगको भेट सुनिश्चित गरेको हो । नेपालले प्रतियोगिताको तीन खेलमा जित हात पारेको छ । पछिल्लो खेलमा नेपालले मलेसियालाई हराएको थियो ।
नेदरल्याण्ड्स भने दुईमा जित र एक खेल बराबरी खेलेर फाइनलमा पुगेको छ । टी ट्वान्टी अन्तर्राष्ट्रियको विश्व वरियतामा १५ औं स्थानमा रहेको नेपालले नेदरल्याण्ड्सलाई हराएर विश्व वरियतामा उक्लिने सम्भाबना लिएर मैदानमा उत्रिनेछ । दर्शकको अनुपस्थिति रहेपनि नेपाललाई भने घरेलु मैदानको साथ रहनेछ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्