उपाधिका लागि नेपालले पीएनजीसँग खेल्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २१

२१ चैत, काठमाडौं – नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पिएनजी उपाधिका लागि मध्यान्ह १२:३० बजे भिड्दैछन्।

नेपालले एक वर्षको बीचमा घरेलु मैदानमा दोस्रो पटक सिरिजको उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो।

गत वर्ष नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिजको उपाधि नेपालले जितेको थियो। गत वर्षको उपाधिसँगै नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जित्न सफल भएको थियो। 

यसपटक पनि नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्ने कप्तान सन्दीप लामिछानेको भनाइ छ।

नेपालले लिग चरणका चारै खेलमा जित निकालेको थियो। मलेसिया र पिएनजी दुवै टिमलाई पराजित गर्दा नेपाल उत्कृष्ट फर्ममा देखिएको थियो। 

टी-२० अन्तर्राष्ट्रियमा नेपाल र पिएनजीबीच अहिलेसम्म तीन पटक प्रतिस्पर्धा भएको छ। तीन मध्ये नेपालले दुई खेलमा जित निकालेको छ। 

सन् २०१५ भएको पहिलो प्रतिस्पर्धामा नेपाल पराजित भएको थियो। विश्वकप छनोटको खेलमा पिएनजीले नेपाललाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। 

त्यसपछि नेपाल र पिएनजीबीच गत साता दुई भिडन्त भयो। त्रिवि मैदानमा त्रिकोणात्मक सिरिजअन्तर्गतको दुवै खेलमा नेपालले जित निकाल्यो। 

पहिलो खेलमा नेपाल १५ रनले विजयी हुँदा दोस्रो खेलमा नेपालले ३७ रनको जित निकालेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *