कांग्रेसले १५औँ महाधिवेशन राष्ट्रिय सभागृहमा हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २३

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको औपचारिक तयारी सुरु गरेको छ । आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णयअनुसार पार्टीले व्यवस्थापनको काम अघि बढाएको हो ।

महाधिवेशन उद्घाटनका लागि कांग्रेसले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा गर्ने तयारी गरेको छ । केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार राष्ट्रिय सभागृहका प्रमुखलाई पत्र पठाउँदै असोज १५ देखि २० गतेसम्म ६ दिन हल उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

कांग्रेसले महाधिवेशनका लागि सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैँचा उपलब्ध गराउन अनुरोध गरेको छ । साथै, महाधिवेशन सफल र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि समेत आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *