|
२०८३ जेष्ठ २६
काठमाडौँ — नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने तयारी गरेको छ। पार्टीले महाधिवेशनमा सहभागी हुन सबै क्रियाशील सदस्यका लागि डिजिटल परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको जनाएको छ।
सोमबार बसेको शीर्ष नेताहरूको बैठकले सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित बनाउने तथा जेठ २८ गतेभित्र सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्ने निर्णय गरेको हो।
पार्टीले अनुशासनविपरीत गतिविधिमा संलग्न व्यक्तिको सदस्यता अभिलेखबाट हटाउने चेतावनीसमेत दिएको छ। नयाँ सदस्यता वितरण र अद्यावधिक प्रक्रिया अनलाइन माध्यमबाट अघि बढाइने कांग्रेसले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्