दार्चुलाको भट्टार क्षेत्रमा पहिरो जाने क्रम जारी,नदी एक्कासि थुनिएर फुट्न सक्ने जोखिम

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १९

बैतडी । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित भएको छ। प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरोले नदीको केही भाग पुरिएपछि नदी थुनिन सक्ने सम्भावना देखिएको छ।

पहिरो जाने क्रम जारी रहेकाले नदी एक्कासि थुनिएर फुट्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नदी किनारका बस्तीलाई सतर्क गराउन लागिएको छ।

पहिरोबाट भएको क्षतिको आधिकारिक विवरण भने आउन बाँकी छ। घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *