रसुवामा नदीको बहाव बढेपछि तटीय क्षेत्रमा सतर्कता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १०

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ। बिहान करिब सवा ९ बजे नदीको बहाव असामान्य रूपमा बढेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी तिब्बततर्फबाट आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीबाट भएको क्षतिको विवरण भने तत्काल यकिन हुन सकेको छैन।

नदीमा आएको बाढीपछि त्रिशूली नदी आसपासका बस्तीमा जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म उच्च सावधानी अपनाउन अनुरोध गरेको छ।

अचानक नदीको सतह बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *