|
२०८३ श्रावण १७
काठमाडौं — देशभर मनसुनको प्रभाव कायम रहेकाले आज विभिन्न प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, केही हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले बाढी, पहिरो, गेग्रान बहाव तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले नदी किनार र पहिरो प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम प्रतिकूल रहन सक्ने भएकाले सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने जनाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्