|
२०८२ माघ २०
काठमाण्डौँ । महोत्तरीको उखु खेतमा आगलागी भएको छ । औरही नगरपालिका–१ मा ६ बिघा बढी खेतको उखुमा आगलागी भएको प्रहरीले जनाएको छ ।
स्थानीय १० जनाको गरी कूल ६ बिघा ७ कठ्ठा खेतको उखु पूर्ण रूपमा जलेको एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज गौशालाका जेटिए अमिरी महतोले जानकारी दिए ।
रामवृक्ष राय, नगिनादेवी यादव, रासदेवी यादव, हरिनारायण यादवलगायतको उखु खेतमा आगलागी भएको हो ।
उनका अनुसार, आगलागीबाट करिब १४ लाख बराबरको उखुमा क्षति भएको हो ।
सम्सी, रामगोपालपुर, जलेश्वर र बर्दिबास नगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागी भएको उखु आफूहरू काट्ने तयारीमा रहेको पीडित कृषक हरिनारायण यादवले जानकारी दिए ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्