काठमाण्डौँ । नेकपा एमालेको निवर्तमान सात पदाधिकारी एघारौं महाधिवेशनबाट बाहिरिएका छन् ।
दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका ईश्वर पोखरेल ११ औँ महाधिवेशनबाट रिङ आउट भएका छन् ।
अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेल भारी मतान्तरले पराजित हुन पुगे । त्यसैगरी चुनाव नलड्ने घोषणा गरेर उम्मेदवारी नै नदिएका निवर्तमान उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि पदाधिकारीबाट बाहिरिएका छन् ।
त्यसैगरी उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र गुरुप्रसाद बराल पनि एघारौं महाधिवेशनबाट पदाधिकारीबाट बाहिरिएका छन् । यसअघि उपाध्यक्ष रहेका पाण्डे अहिले महासचिवमा शंकर पोखरेलसँग पराजित भएका हुन् । त्यस्तै गुरुप्रसाद बराल उपाध्यक्षमै पराजित हुन पुगे ।
यसअघि उपमहासचिव रहेका विष्णु रिमाल दोहरिन खोज्दा पराजित भए भने महासचिव नपाएपछि केन्द्रीय सदस्यमा मात्र उठेका निवर्तमान उपमहासचिव प्रदीप ज्ञवाली पनि पदाधिकारीबाट बिदा भएका छन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्